Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

बहादुर टोली अझै हेटौंडा मुभ भएन, बानियाँलाई सङ्कट, विश्वासको मतको समय हेरफेर हुने सम्भावना


बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिनका लागि बहादुर लामाको टोली अझै हेटौडा मुभ भएको छैन।

ADVERTISEMENT

लगातार बिहानदेखि बैठकमा बसिरहेको टोली अहिले पनि काठमाडौँ मै छलफलमा छ । आफूले राजीनामा दिनु पूर्व गरिएको प्रतिबद्धता कार्यान्वयन नभई मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताउँदै आएको निवर्तमान मुख्यमन्त्री लामाको टोली दिउँसोको ३ बजिसक्दा समेत काठमाडौँमै बसेको छ।

ADVERTISEMENT

यता प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत लिने समय ४ बजेलाई राखिएको छ। यसो हुँदा ४ बजेलाई राखिएको समय फेरबदल हुने सम्भावना बढेको छ। तर प्रदेशसभा सचिवालयका अनुसार समय फेरबदलको कुरा हालसम्म आएको छैन ।

कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले पटकपटक बहादुर लामाको टोलीलाई निर्देशन दिए पनि पहिले गरेको प्रतिबद्धता बानियाँले पुरा नगरेसम्म उनलाई सहयोग गर्न नसकिने भन्दै अडान लिएर काठमाडौँमा बसेको छ। जसले गर्दा यता बानियाँलाई भने अप्ठ्यारो परेको छ। उनलाई ११० सांसदमध्ये ५६ सांसदको मत आवश्यक पर्दछ। तर १४ सांसद काठमाडौँ बसिरहँदा उनले विश्वासको मत पाउन सक्ने सम्भावना छैन ।

ADVERTISEMENT

यसले गर्दा आजको विश्वासको मत लिने समय कार्यतालिका हेरफेर हुनसक्ने सम्भावना देखिएको छ। उता बहादुर टोली काठमाडौँमा आफ्नै अडानका साथ पछि नहट्ने भन्दै बसिरहेको छ।


प्रकाशित मिति : मङ्लबार, २०८२ साउन २७, १५ :०६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट