Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

अन्ततः राजिनामा दिने मुडमा बहादुर, बागमतीको मुख्यमन्त्री इन्द्र बानियाँ लगभग पक्का


बागमती प्रदेशका मुख्यमन्त्रीका बहादुर सिंह लामाले राजिनामा दिने मुड बनाएका छन्। केन्द्रीय शीर्ष नेतृत्वको लगातार दवावका कारण अन्तत उनि राजिनामा दिने लाइनमा पुगेको  स्रोतले बताएको छ।

ADVERTISEMENT

शीर्ष नेतृत्वले बोलाएपछि उनी आज हेटौडाबाट काठमाडौँ पुगेका थिए। केन्द्रीय नेतृत्व तथा सभापति शेरबहादुर देउवाले राजिनामाको विकल्प नभएको बताएपछि उनी राजीनामा दिने मुडमा पुगेका हुन् । सभापति देउवा सचिवालयले उनी सँग छलफल गर्नका लागि बागमती प्रदेश सभा सदस्यसमेत रहेका कांग्रेस नेता तीर्थ लामालाई जिम्मा दिएको थियो ।

ADVERTISEMENT

आफ्नो पार्टी भित्रको आन्तरिक कुरा रहेकाले सहकार्य गरी अघि बढ्नुको विकल्प नभएको र पार्टी सभापतिले भनेको निर्देशन अनुसार नै अघि बढ्ने सांसद तिर्थ लामाले बताएका छन्।

बहादुरले कुनै पनि हालतमा मुख्यमन्त्री पद नछाड्ने बताएका थिए, तरअन्तत बहादुरले पछि हट्ने संकेत गरेका छन् । स्रोतका अनुसार भोलि पार्टी सभापति सँगको छलफलमा सहभागी भएर उनले राजिनामा दिनेछन् ।

ADVERTISEMENT

उनले राजिनामा दिएपछि कांग्रेस बागमती संसदीयदलका नेता इन्द्र बहादुर बानियाँ मुख्यमन्त्री बन्ने लगभग पक्का भएको छ । बुधबार कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा बानियाँ निर्वाचित भएका थिए । कुल ३७ मत खसेकोमा बानियाँले २२ र उनका प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत प्राप्त गरेका थिए ।

बानियाँ नेतृत्वको सरकारमा बहादुर समुहका सांसदहरुलाई बलियो मन्त्रालय दिनेगरी दुबैसमुहको सहमति अनुसार मन्त्रिपरिषद्को विस्तार गर्ने तयारी समेत थालिएको विशेष स्रोतले बताएको छ ।


प्रकाशित मिति : बिहिबार, २०८२ साउन १५, २२ :१० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट