Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

रवीन्द्र र धवल शमशेरलाई ५ दिन हिरासतमा राख्न अनुमति, उपचारको व्यवस्था मिलाउन आदेश


काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनामा पक्राउ परेका राप्रपाका नेताद्वय धवलशमशेर राणा र रवीन्द्र मिश्रसहित ११ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

ADVERTISEMENT

त्यस्तै अदालतले नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर जबरालाई उपचारको व्यवस्था मिलाउन आदेश दिएको छ ।

ADVERTISEMENT

मिश्र र जबराले आफूलाई सन्चो नभएको बताएपछि अदालतले प्रहरीलाई उपचारको व्यवस्था गर्न आदेश दिएको हो ।

अदालतले अन्य ३० जनालाई चारदिन हिरासतमा राख्न अनुमति दिएको छ ।

ADVERTISEMENT

प्रहरीले आइतबार अपराह्न म्याद थपका लागि ४१ जनालाई अदालतमा पेश गरेको थियो ।


प्रकाशित मिति : आइतवार, २०८१ चैत्र १७, १९ :०४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट