Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

राजा-महाराजाले वेश्यालय गएर अन्तर्राष्ट्रिय रूपमा नेपालको बेइज्जत गरे: प्रचण्ड


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतका राजा/महाराजाहरुले वेश्यालय गएर अन्तर्राष्ट्रिय रुपमा नै नेपालको बेइज्जत गरेको आरोप लगाएका छन् ।

ADVERTISEMENT

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले विगतका राजा/महाराजाहरुले विदेशीको चाकडी कसरी गरेका थिए ? दरबार हत्या काण्ड कसले कसरी गरेको हो भन्नेकुरा युवालाई बुझाउन जरुरी रहेको बताए ।

ADVERTISEMENT

‘नेपालको नक्सालाई संकुचित बनाउने काम दरबारीया राजाहरुले कसरी गरेका थिए, विदेशीको चाकडी कसरी गरेका थिए? हिजोका राजा, महाराजाहरु अन्तर्राष्ट्रिय रुपमा वेश्यालयहरु गएर नेपालको बेइज्जत कति धेरै गराएका थिए?’ उनले भने, ‘दरबार हत्याकाण्ड कसले कसरी गरेको हो, यो युवालाई बुझाउनुपर्छ।’

उनले अरु सबै कुरा परिवर्तन गर्न सकिने तर जनतामा गएको सार्वभौम सत्ता र राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता परिवर्तन गर्न नसकिने बताए। उनले राजावादीहरुले गरेको प्रदर्शन संविधानविपरीत भएको उल्लेख गरे।

ADVERTISEMENT

उनले भने, ‘अहिले तथाकथित राजावादीहरुले जे गरेका छन् त्यो संविधान विपरित काम हो। जनताको सार्वभौम सत्ता खोस्नेतिर गएका छन् । जनतालाई फेरि रैती बनाउने उद्देश्यले प्रेरित छ । त्यसलाई कुनै हालतमा सफल हुन दिइने छैन।’


प्रकाशित मिति : सोमवार, २०८१ चैत्र ४, १७ :२७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट