Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

भारतबाट कलैया ल्याइँदै गरेको नेपाली २५ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ


भारतबाट नेपालतर्फ ल्याइँदै गरेको नेपाली २५ लाख रुपैयाँसहित एक जना व्यक्ति पक्राउ परेका छन्।

ADVERTISEMENT

हुण्डीमार्फत् कारोबारीले कलैयातर्फ ल्याउँदै गरेको  २५ लाख नेपाली रुपैयाँ रौतहट बारासँग जोडिएको झरौखर नाकामा सीमा सुरक्षा बल एसएसबीले बरामद गरेको हो।

ADVERTISEMENT

भारतबाट हुण्डीमार्फत् ठूलो परिमाणमा नेपाली रुपैयाँ लगिएको विशेष सूचनाको आधारमा एसएसबी ७१ औं बटालियन पिपराकोठीका प्रमुख कमान्डेन्ट प्रफुल सिंह नेतृत्वको टोलीले मंगलबार साँझ चेकजाँचको क्रममा हुण्डी कारोबारीसहित उक्त रुपैयाँ बरामद गरेको हो।

पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला घोडासहन माइस्थान चौकका २५ वर्षीय अविनास कुमार रहेको एसएसबीले जनाएको छ।

ADVERTISEMENT

अविनासले चलाएर जाँदै गरेको मोटरसाइकलको ह्याण्डिलमा झुन्ड्याएको खोलाभित्र नेपाली २४ लाख ७१ हजार र भारु ३८ हजार बरामद भएको एसएसबी क्याम्प जमुनियाका प्रमुख भाग सिंहले बताए।

सोधपुछको क्रममा भारतीय नागरिक अभिनास कुमार हुण्डी कारोबारी रहेको र बरामद रुपैयाँ बाराको सदरमुकाम कलैया लैजाने तयारी रहेको बताएका थिए।

उनले लामो समयदेखि भारतबाट हुण्डी कारोबार गर्दै आएको स्वीकार गरेको एसएसबीले जनाएको छ।

नेपाली र भारतीय रुपैयाँ मोटरसाइकलसहित अविनास कुमार लाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि मंगलबार साँझ नै भारतीय झरौखर थानामा बुझाइएको एसएसबी क्याम्प जमुनियाले जनाएको छ।

पछिल्लो समय रौतहट र बाराको विभिन्न स्थानमा नेपाली र भारतीय रुपैयाँको हुण्डी कारोबारी सक्रिय भएको देखिएको छ।


प्रकाशित मिति : बुधबार, २०८१ फाल्गुन २१, ११ :२५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट