Techie IT
  • १९ माघ २०८२, सोमबार
Hetauda Khabar
  • १९ माघ २०८२, सोमबार

पुल नै भाचिने गरी सामान बोक्ने शिवम् सिमेन्टलाई सरकारले तिरायो ८६ लाख क्षतिपूर्ति


पुल नै भाचिने गरी मापदण्ड विपरित भारबहन (भल्गर लोड) सामान दुवानी गर्ने हेटौंडाको शिवम् सिमेन्ट उद्योगलाई सरकारले क्षतिपूर्ति तिराएको छ ।

ADVERTISEMENT

पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिने गरी गह्रुङ्गो भार बोकेको भारतीय ट्रक ल्याउने शिवम् सिमेन्टलाई सरकारले क्षतिपूर्ति तिराएको हो ।

ADVERTISEMENT

एन एल ०१ ए एच ५१७९ नम्बरको भारतीय ओभरलोड ट्रकमा सामान ल्याउने शिवम् सिमेन्टलाई सरकारले ८६ लाख रुपैयाँ क्षतिपूति तिराएको सडक डिभिजन भरतपुरका सिनियर डिभिजन ईन्जिनियर नारायण प्रसाद लामिछानेले जानकारी दिए । उद्योगले सडक डिभिजनलाई मंगलबार आज उक्त रकम बुझाएको लामिछानेले हेटौंडाखबरलाई बताए ।

गत पुस २६ गते गह्रुङ्गो भारसहितको ट्रक पुल पार गर्ने क्रममा भाँचिएको थियो । मुख्य राजमार्गको पुल भाँचिदा लामो समयसम्म यात्रुले सास्ती खेपेका थिए ।

ADVERTISEMENT

पुल भाचिएपछी क्षतिपूर्ति वापत शिवम् सिमेन्टले नेपाल लाइन्स प्रा.लि. मार्फत ८६ लाख रुपैयाँ सडक डिभिजन भरतपुरको खातामा जम्मा गरेको लामिछानेले बताए ।

पुल भाँचिएपछि अध्ययन गर्न सडक विभागले पुल महाशाखाका उपमहानिर्देशक ललिजंग खनालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिले गरेको अनुसन्धानबाट पुल मर्मत गर्न ८६ लाख रुपियाँ खर्च लाग्ने भएपछि सोहीअनुसार क्षतिपूर्ति भराइएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

क्षतिपूर्ति तिरेसँगै जिल्ला प्रशासन कार्यालय नवलपुरलाई पत्राचार गरिएको र प्रहरीको नियन्त्रणमा रहेको उक्त ट्रक चेतावनीसहित छाड्ने प्रक्रियामा लगिएको बताइएको छ । ८६ लाखले तत्कालका लागि मर्मत गरेर गाडी चलाउन सकिने भएकाले शिवम् सिमेन्टलाई उक्त क्षतिपुर्ति तिराइएको छानविन समितिले जनाएको छ ।

शिवम् सिमेन्टले बाराको परवानीपुरबाट कोइला, जिप्सन, आइरनलगायतका कच्चा पदार्थ बोकेको भारबाहान ट्रक तथा टिपरहरुका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको पथलैया-हेटौंडा सडकखण्ड समेत जिर्ण बन्दै गएको छ भने, सरकारले बेलाबेलामा स्तारुन्नती गरेपनि ओभरलोड सवारीका कारण पिच भासिने, खाल्डा-खुल्डी हुने गरेको छ ।


प्रकाशित मिति : मङ्लबार, २०८१ फाल्गुन ६, १९ :५२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट