Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

भोलि हेटौंडाका सबै विद्यालय बन्द, कार्यक्रममा सहभागी हुन उपमहानगरको आग्रह


हेटौंडा उपमहानगरपालिका भित्रका शैक्षिक सस्था भोलि बन्द हुने भएका छन् । बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा कार्यक्रम हुने भएकाले उपमहानगर भित्रका सम्पूर्ण निजी तथा सामुदायिक शैक्षिक सस्था बन्द हुने जनाएको छ ।

ADVERTISEMENT

उपमहानगरपालिकाले एक सूचना जारी गर्दै भोलि फागुन १ गते  बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा कार्यक्रम हुने हुँदा सम्पूर्ण निकायका कर्मचारी कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले एक दिन सम्पूर्ण विद्यालयको पठनपाठन बन्द रहने जनाएको हो ।

ADVERTISEMENT

उपमहानगरपालिकाले सबै निजि तथा सामुदायिक विद्यालयलाई विद्यालय बन्द गरेर कार्यक्रममा सहभागी हुनको लागि परिपत्र समेत गरेको उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए ।

त्यस्तै उपमहानगरपालिकाका अनुसार शैक्षिक सस्था, वडा कार्यालय, स्वास्थ्य सस्थालगायत सबै निकायका सेवा सुचारु नहुने जनाएको छ ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका भोलि फागुन १ गते निकृष्ट बालश्रम मुक्त, बाल विवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुदैंछ । यसअघि ५१ सूचक पूरा गर्दै उपमहानगरपालिकाका १९ वटै वडा बालमैत्री वडा घोषणा भइसकेका छन् ।

कार्यान्वयन निर्देशिकामा उल्लेख ५ वटा कार्यान्वयनका चरणहरु, २८ वटा तहगत खुड्किलाहरु पार गर्दै ५१ वटा सूचक पुरा गरी  निकृष्ट बालश्रम मुक्त, बाल विवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा समारोहको चरणमा पुगेको नगर प्रमुख मीनाकुमारी लामाको भनाई छ ।

उपमहानगरपालिकाले साढे दुई वर्षदेखि १९ वडामै सहजकर्ताहरु खटाएर सुचक पुरा गर्ने अभियानमा लागेको र  घरधुरी तथ्यांक सर्वेक्षण २०७९ अनुसार १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या ५० हजार १ सय ९५ रहेको जनाएको छ ।

जसमा २६ हजार १ सय ४५ बालक र २४ हजार ५० बालिका रहेको र नगरका कुल बालबालिकाको संख्यालाई आधार मान्दा ५२.०८ प्रतिशत बालक र ४७.९१ प्रतिशत बालिका रहेको तथ्याङ्कले देखाएको बताईएको छ ।


प्रकाशित मिति : बुधबार, २०८१ माघ ३०, १४ :४० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट