हेटौंडाको चुरियामाई नजिक अवरुद्द पुर्ब पश्चिम राजमार्ग पूर्णरुपमा संचालन
हेटौंडाको चुरियामाई मन्दिर नजिक कन्टेनर पल्टिएर अवरुद्द भएको पुर्ब पश्चिम राजमार्ग पूर्णरुपमा संचालनमा आएको प्रहरीले जनाएको छ । आज बिहान हेटौडा १५ चुरियामाई स्थित पुर्ब पश्चिम राजमार्गमा बिरगंजबाट काठमाडौं तर्फ आउदै गरेको प्र.२-०३-००१ख ६७३८ नं.को मोबिल भएको कन्टेनर लोड लहरी आफै अनियन्त्रित भई सडकमा पल्टेको थियो ।
कन्टेनर बीच सडकमा तेर्सो परेपछी राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको थियो क्रेनको सहयताले उक्त कन्टेनर हटाएपछी बाटो संचालनमा आएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा लहरी चालक मकवानपुर मनहरी गाउँपालिका ६ बस्ने बर्ष ३० को महेश मोक्तान घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेको थियो । उनको हेटौंडा अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवान्पुरले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, २०८१ मंसिर १३, १२ :५२ बजे






















प्रतिक्रिया