Techie IT
Hetauda Khabar

हाम्रो जित सुनिश्चित देखेपछी आत्तिएर विरोधीले अनर्गल प्रचार गर्न थाले- डीना


नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री एवम् गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले गठबन्धनको जित सुनिश्चित देखेर विरोधीले ‘अनर्गल’ प्रचार गर्न थालेको बताएकी छिन् ।

गठबन्धनले बुधबार हेटौंडा–४ मा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले हारको मानसिकतामा पुगेकाहरुले झुटा र भ्रामक कुरा गर्न थालेको उनले बताइन् । ‘म बकैया जाँदा एकजना बयस्कले म माओवादी हुँ तर म गठबन्धनलाई भोट हाल्दिन, जित्दा पनि जित्दैन, कांग्रेसलाई नि कसैले भोट हाल्छ भन्दै हिँडेको देखे । पछि बुझ्दा उनी एमालेकै कार्यकर्ता रहेछन्’, डिनाले भनिन्, ‘यो त एउटा उदाहरण मात्र हो, अहिले चोकचौतारामा दिनभर चिया खाँदै गठबन्धनले जित्दैन, गठबन्धन दलबीच राम्रो छैन । फलानोले हार्छ, फलानोले जित्छ भन्दै बसेको पाउन सकिन्छ । यो विरोधीले गरेको हत्कण्डा हो, हामीले यसलाई चिर्न जरुरी छ ।’

स्वच्छ प्रतिस्पर्धाको निम्ति तयार रहन उनले प्रतिस्पर्धीहरुलाई अनुरोध गरिन् । पटक पटक पदमा रहँदा जिल्लाको विकासमा सिन्को नभाँच्ने र बर्षौंसम्म हराएर बस्नेहरुले अहिले फोस्रो नारा र झुटो आश्वासन दिइरहेको भन्दै उनले त्यस्ताको पछि नलाग्न कार्यकर्तालाई अनुरोध गरिन् । ‘म कम्तिमा १० हजार मतान्तरले जित्छु । मेरो क्षेत्रमा मेरो र प्रदेशसभा सदस्यका उम्मेदवारहरुको माहौल निकै राम्रो बनेको छ’, डिनाले भनिन्, ‘मकवानपुरको ६ वटै सिटमा गठबन्धनले जित्ने कुरामा ढुक्क हुनुहोस् । मंसिर ४ गतेसम्म गठबन्धनका सबै नेता कार्यकर्ताहरु एकढिक्का भएर लागिदिनुहोस् ।’

सहज बाटोबाट पाएको सांसद् पद छोडेर जनताको सुखदुःखमा साथै रहने र जित्ने गरी आएको उनले बताइन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट