Techie IT
  • ७ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • ७ फागुन २०८२, बिहीबार

नक्कली नोटसहित दाङबाट चार जना पक्राउ


नक्कली नोट सहित प्रहरीले चार जनालाई पक्रा गरेको छ ।

ADVERTISEMENT
तुलसीपुर बजारको पिपलबोटमा नक्कली नोटको कारोबार भइरहेको जानकारी पाएपछि उनीहरूलाई पक्राउ गरिएको इप्रका तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन् ।

प्रहरी निरीक्षक थापाका अनुसार बिहीबार बेलुकी तुलसीपुर १० राइखलियानका राममनी चौधरी, सुमन विक, तुलसीपुर ९ दोघरेका धनबहादुर खत्री,शान्तिनगर ४ घर भई हाल तुलसीपुर ९ बेलुवा बस्ने शिशिर विक एक हजारका १२ वटा नक्कली नोट सहित पक्राउ परेका छन् ।

ADVERTISEMENT
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८१ कार्तिक ३०, १३ :५३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट