Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

पत्रकार महासंघमा लफडा- हेटौंडामा युनियनले लगायो ताला, विवाद नटुंगाए चुनाव हुन नदिने चेतावनी


नेपाल प्रेस युनियन मकवानपुरले सदस्यता विवाद टुंगाएर मात्र नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।

ADVERTISEMENT

शनिबार एक विज्ञप्ती जारी गर्दै प्रेस युनियन मकवानपुरका अध्यक्ष सुबास विडारीले महासंघको निर्वाचन तालिका स्थगित गरी सदस्यता विवाद टुंग्याउन आग्रह गरेका हुन् । ‘महासंघकै शाखा तथा प्रदेश समितिको सिफारिस र पत्रकारले सदस्यताका लागि केन्द्रीय निर्वाचन समितिमा दिएको आवेदनको उजुरीलाई समेत वेवास्ता गर्ने, जिल्ला तथा प्रदेश समितिलाई धम्कीपूर्ण पत्रमार्फत् निर्वाचन समिति गठन गर्न निर्देशन दिएर महासंघ जस्तो लोकतान्त्रिक संस्थाले अलोकतान्त्रिक चरित्र देखाएको युनियन मकवानपुरको ठहर छ ।’, उनले भने ।

ADVERTISEMENT

त्यस्तै युनियन मकवानपुरले महासंघ मकवानपुरको कार्यालयमा शुक्रबार राति सवा ११ बजे विभिन्न माग गर्दै तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघका कुनै वैध संरचनाबाट सिफारिस नगरिएका गैरपत्रकारको सदस्यता खारेज गर, पत्रकार महासंघका शाखा, प्रदेश समितिले विधान, विधि, प्रक्रिया अनुसार सिफारिस गरेका सदस्यता कायम गर, प्रक्रिया पुगेका क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर, नेपाल पत्रकार महासंघलाई विधान अनुसार सञ्चालन गर लगायतको माग राख्दै युनियनले महासंघको कार्यालयमा तालाबन्दी गरेको हो । एकपक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाएमा त्यसको परिणाम महासंघलाई विधि विपरीत सञ्चालन गर्न चाहनेहरुले नै व्यहोर्नुपर्ने युनियनले चेतावनी दिएको छ ।

त्यस्तै सदस्यता विवादको विषयलाई पूर्णरुपमा वेवास्ता गर्दै नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अगाडि बढाउन लागिएको भन्दै युनियन मकवानपुरले आफ्नो ७ बुँदे माग अघि सार्दै हेटौंडा–४ स्थित पत्रकार महासंघकाको मकवानपुर शाखा कार्यालयमा शनिबार आफ्नो मागसहितको कालोव्यानर विरोधस्वरुप झुण्डाएको छ ।

ADVERTISEMENT

युनियन जिल्ला अध्यक्ष सुबास विडारीको नेतृत्वमा महासंघमा पुगेको टोलीले महासंघको सदस्यता विवादलाई विधान अनुसार टुंग्याउन माग गरेको छ । महासंघकै शाखा तथा प्रदेश समितिको सिफारिस र पत्रकारले सदस्यताका लागि केन्द्रीय निर्वाचन समितिमा दिएको आवेदनको उजुरीलाई समेत वेवास्ता गरेको र जिल्ला तथा प्रदेश समितिलाई धम्कीपूर्ण पत्रमार्फत् निर्वाचन समिति गठन गर्न निर्देशन दिनु गलत भएको भन्दै केन्द्रको हस्तक्षेपकारी निर्देशन अनुरुप मकवानपुर जिल्लामा गठन गरिएको गैरपत्रकार सदस्य रहेको निर्वाचन समिति तत्काल खारेज गर्न युनियन मकवानपुरले माग गरेको छ ।


प्रकाशित मिति : शनिबार, २०८१ असार १५, १८ :१९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट