Techie IT
Hetauda Khabar

हेटौंडा आउदै गरेको कार भीमफेदीमा दुर्घटना, २ जनाको मृत्यु


हेटौंडा आउदै गरेको कार भीमफेदीमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

बुधबार अपरान्ह भीमफेदी कुलेखानी काठमाण्डौ सडकखण्डमा काठमाण्डौबाट हेटौडा तर्फ आउदै गरेको बा ६ च ९३७९  नम्बरको कार अनियन्त्रित भई भीमफेदी गाउँपालिका ६ जुरीखेत सडकबाट २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा ५ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेको उपचारका लागि अस्पताल ल्याउने क्रममा एकजना पुरुष र एक जना बच्चाको मृत्यु भएको छ ।  कारमा रहेकाको नाम थर वतन खुल्न बाकी रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट