Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

हेटौंडा आउदै गरेको कार भीमफेदीमा दुर्घटना, २ जनाको मृत्यु


हेटौंडा आउदै गरेको कार भीमफेदीमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

ADVERTISEMENT

बुधबार अपरान्ह भीमफेदी कुलेखानी काठमाण्डौ सडकखण्डमा काठमाण्डौबाट हेटौडा तर्फ आउदै गरेको बा ६ च ९३७९  नम्बरको कार अनियन्त्रित भई भीमफेदी गाउँपालिका ६ जुरीखेत सडकबाट २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

दुर्घटनामा ५ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेको उपचारका लागि अस्पताल ल्याउने क्रममा एकजना पुरुष र एक जना बच्चाको मृत्यु भएको छ ।  कारमा रहेकाको नाम थर वतन खुल्न बाकी रहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८१ जेष्ठ १६, १९ :०८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट