Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

बागमतीको स्वास्थ्य सचिव लफडा- मुख्यमन्त्रीको पावर फेल, बद्री खड्काको तोक गैरकानूनी भएको अदालतको ठहर

अदालतको आदेशपछी हाजिर गरे सचिव डा श्रेष्ठले


बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा सरुवा भई आएका सचिव डा प्रविन श्रेष्ठले सोमबारदेखि हाजिर गरेका छन् । उनलाई गत १३ बैसाखमा मन्त्रिपरिषद्कोको बैठकले बागमतीको स्वास्थ्य सचिवमा सरुवा गरेको थियो ।

ADVERTISEMENT

तर यहाँका राजनीतिक दलका नेता र सचिव बद्री बहादुर खड्काले उनलाई हाजिर गर्न नदिएर फर्काइदिएका थिए । विशेष स्रोतका अनुसार प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले समेत डा श्रेष्ठलाई हाजिर नगर्न नगराउन दवाव दिएका थिए । राजनीतिक आडमा अर्का सचिव बद्री खड्काले नेतादेखि मन्त्री, मुख्यमन्त्रीको पावर लगाएर संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको सचिवलाई हाजिर गर्न नदिई पटक-पटक हेटौंडाबाट फिर्ता पठाएका थिए ।

ADVERTISEMENT

निवेदनमा आफ्नै तोक 

गत १३ बैसाखमा सरुवा भएपछी पत्र र रमाना बुझेर हेटौंडा स्थित मन्त्रालयमा हाजिर हुन आएका श्रेष्ठलाई खड्काले रोकेका थिए । उनले हाजिर गर्न नदिने भनेपछि श्रेष्ठले हाजिर गर्न पाउँ भन्दै बैसाख २३ मा निवेदन दिएका थिए तर अधिकार विहिन बनेका खड्का आफैले सरुवा भई आएका सचिव श्रेष्ठको निवेदनमा हाजिर गराउन नसकिने भन्दै तोक लगाएका थिए ।

ADVERTISEMENT

सरुवा भई अर्का सचिव आएपछि हट्नुपर्ने सचिव आफैले तोक लगाएर हाजिर गराउन नमिल्ने भनेपछि लगत्तै गत मंगलबार श्रेष्ठले स्वास्थ्य मन्त्रालय बागमती प्रदेश, स्वास्थ्य सचिव बद्रीबहादुर खड्का सहितलाई विपक्षी बनाई सर्बोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले डा श्रेष्ठलाई हाजिर गर्न दिन मन्त्रालय र सचिवको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

साथै हाजिर गर्न किन नदिएको भन्दै प्रदेश मन्त्रालयको नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ। आदेशमा अधिकार विहिन व्यक्तिले आफैले तोक लगाउनु गैरकानूनी रहेको उल्लेख छ । अदालतले आदेश गरेपनि खड्का, बागमतीका मुख्यसचिवलगायतले नयाँ सचिवलाई हाजिर गराउन नमिल्ने बताउदै आएका थिए तर सोमबारदेखि श्रेष्ठले मन्त्रालयमा हाजिर गरेका छन् ।

 


प्रकाशित मिति : सोमवार, २०८१ जेष्ठ १४, १५ :०२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट