Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

मेसुको ठाडो निर्देशनमा बन्द भएको हेटौंडा अस्पतालको आयुर्वेद ओपिडी खुलाउन सत्र दिन पछी मन्त्रालयको पत्र


हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डाक्टर श्रीधर अर्यालको ठाडो निर्देशनमा आयुर्वेद ओपिडी सेवा बन्द गरिएको विषयमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले सेवा संचालन गर्न पत्राचार गरेको छ । ओपिडी सेवा ठप्प भएको सत्र दिन पछी मन्त्रालयले आज दैनिक सेवा संचालन गर्न भन्दै पत्राचार गरेको हो ।

ADVERTISEMENT

मन्त्रालयले अस्पतालमा अर्का चिकित्सकको व्यवस्था नभएसम्मको लागि हाल काम गरिरहेका चिकित्सकलाई नै जिम्मेवारी दिई सेवा संचालन गर्न भनेको हो  । संचालन भैरहेको आयुर्वेद ओपिडी सेवा मेसुको निर्देशनमा गत १४ बैसाखदेखि बन्द रहेको छ । ओपिडी सेवा नै बन्द भएपछी बिरामी मर्कामा छन् ।

ADVERTISEMENT

उता अस्पताल सञ्चालन तथा ब्यबस्थापन समितिले आयुर्वेद चिकित्सक नियुक्तिको लागि प्रक्रिया पुरा गरिसकेको जनाएको छ । अबको दुई दिन भित्र आयुर्वेद चिकित्सक नियुक्त हुने समितिले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : सोमवार, २०८१ बैशाख ३१, १७ :५० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट