Techie IT
Hetauda Khabar

हेटौंडा क्याम्पाडाडाको घर-टहरामा भोलिदेखि डोजर चल्ने


हेटौंडा उपमहानगरपालिका-५ क्याम्पाडाडा स्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाको जग्गा अतिक्रमण गरेर बनाइएका टहरामा भोलिदेखि डोजर चल्ने भएको छ ।

२०४४ सालमा स्थापना भएको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडा ४७.०९ हेक्टर क्षेत्रफ़लमा रहेको भए पनि केन्द्रको जग्गा अतिक्रमण गरी घर-टहरा निर्माण  गरिएको थियो । केन्द्र हेटौडाले पटक पटक सूचना निकालेर केन्द्रको नाममा रहेको जग्गामा बनाएका घर टहरा हटाउन निर्देशन दिए पनि स्थानीयले अटेर गर्दै आइरहेका थिए । तर भोलिदेखि उक्त टहराहरु हटाउन सुरु गरिने केन्द्रले जनाएको छ ।

केन्द्रको जग्गा अतिक्रमण गरी बनाइएको घर-टहरा हटाउन पटक-पटक छलफल भए पनि जग्गा अतिक्रमण गर्ने स्थानीयले अदालतमा मुद्धा दायर गरेका थिए ।  प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाले १६ भाद्र २०८०  मा आफ्नो नाममा रहेको जग्गा ३५ दिन भित्र खालि गर्न सूचना प्रकाशन गरेपछी स्थानीयले उच्च अदालत पाटन-हेटौडा इजलासमा अन्तरिम आदेश गरि पाउ भनि रिट दायर गरेका थिए । निबेदक हरुलाई उच्च अदालतले १२ असोज २०८०  मा अन्तरिम आदेशसमेत दिएको थियो ।

पुनः उच्च अदालत हेटौडा इजलासले गत २१ फागुनमा निबेदकहरुको नाममा गरेको आदेश निस्क्रिय भएको जानकारी गराएको थियो । अन्तरिम आदेश निस्क्रिय भएपछी प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाले अतिक्रमित जग्गा खालि गर्न बाटो खुलेको थियो ।

यता हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा कार्यालयले पनि केन्द्रको अतिक्रमित जग्गा खाली गरिदिन पत्र काटेको छ ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट