Techie IT
Hetauda Khabar

हेटौंडाको सरकारी विद्यालयमा निजी इन्स्टिच्युटको रजाई, शिक्षा क्षेत्रको विकृति देख्दैन हेटौंडा उपमहानगर

पेन्टागन यस अघि कक्षा कोठामै पुगेर एसईई मुल्यांकन परिक्षा लिएको थियो,


हेटौंडाको सरकारी विद्यालयको भवन शिक्षकहरुकै मिलेमतोमा दुरुपयोग हुने गरेको पाइएको छ ।

हेटौंडा उपमहानगरपालिका-४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा निजी ट्युसन सेन्टर तथा कन्सल्टेन्सीले विभिन्न भाषा शिक्षाका कक्षा संचालन गर्ने गरेको पाइएको हो ।

हेटौंडा-४ मा रहेको पेन्टागन एकेडेमीले विद्यालयका शिक्षकको मिलेमतोमा विभिन्न भाषा कक्षाहरु संचालन गर्न विद्यालयको कक्षा कोठा प्रयोग गर्ने गरेको पाइएको हो । एसईई दिएर बसेका विद्यार्थीलाई ब्रिजकोर्ष तथा विभिन्न पुर्व तयारी कक्षाका लागि पेन्टागनले सरकारी विद्यालयको कक्षाकोठा प्रयोग गर्ने गरेको हो । पेन्टागन एकेडेमीले यस अघि एसईई दिने तयारीमा रहेका विद्यार्थीको कक्षा कोठामै पसी विभिन्न उपहार बाढ्ने, प्रलोभनमा पार्ने र भ्रामक प्रचार गर्दै हिडेको थियो । त्यति मात्र होइन एकेडेमीले कक्षा कोठामै एसईई मुल्यांकन परिक्षासमेत लिने गरेको थियो ।

आफ्नो विद्यालयमा निजी इन्स्टिच्युटले कक्षा संचालन गर्ने गरेको विषयमा विद्यालयले भने गैरजिम्मेवार जवाफ दिएको छ । विद्यालयका सह प्रधान्याध्यापक बेदराज कोईरालाले पुर्व तयारी कक्षा निजी इन्स्टिच्युटले संचालन गरेको स्वीकार गर्छन् भने विद्यालय व्यवस्थापन समितिले केही समयको लागी सहयोग स्वरूप कक्षा कोठा उपलब्ध गराइएको हुन सक्ने जवाफ दिएका छन् ।

उता विद्यालयकै अर्का सह प्रधान्याध्यापक भरत पोखरेलले विद्यार्थीलाई आफुहरुले ल्याब भिजिट गराउन ल्याएको भन्दै झुट बोलेका छन् । उनले आफ्नो विद्यालयको प्रचारका लागी आफ्नो विद्यालय देखोस भनेर भिजिटमा ल्याएको भन्दै हास्यास्पद जवाफ दिएका छन् ।

उता विद्यालयका प्रधान्याध्यापक माधव प्रसाद दाहालले पनि विद्यालयका कक्षा कोठा देखाउन ल्याएका भन्दै गैरजिम्मेवार जवाफ दिएका छन् ।

हेटौंडा उपमहानगरपालिका-४ का वडाध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन सिग्देलले भने, यो विषयमा आफुलाई कुनै खबर नभएको बताउछन् । उनले केही कमजोरी भएको भए आफुले बुझ्ने भन्दै पन्छिएका छन् ।

हेटौंडामा च्याउसरी उम्रिएका इन्स्टिच्युट तथा कन्सल्टेन्सीले कानुनविपरित सस्था संचालन गर्दासमेत यहाँका सम्बन्धित निकायले कुनै चासो नदिदा यस्ता निजि सस्थाले मनलाग्दी गरिरहेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले कुनै मापदण्ड नहेरी दर्ता गर्ने र हेटौंडा उपमहानगरपालिकाले कुनैपनि विद्यालय तथा यहाँका शैक्षिक क्षेत्र अनुगमन नगर्दा शिक्षाका नाममा ब्यापार मात्र मौलाउदै गएको छ भने, विद्यार्थी, अभिभावकको ढाड सक्ने मात्र होइन सरकारी भवनकै दुरुपयोग भइरहेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट