Techie IT
Hetauda Khabar

मकवानपुरमा ४८ प्रतिशत मत खस्यो, मतदान जारी


मकवानपुरमा क्षेत्र नम्वर १ र २ मा दिउँसो ३ :३० बजेसम्ममा ४८ प्रतिशत मत खसेको छ। जिल्लामा बिहान ७ बजेदेखि हासम्म १ लाख ४५ हजार ६८८ जनाले मतदान गरेका छन् । जसमध्ये ७५ हजार ८८० जना पुरुष र ६९ हजार ८०६ जना महिला रहेका छन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार, जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिका गरी ३६४ वटै मतदान केन्द्रमा अहिले मतदान प्रक्रिया शान्तिपूर्ण तवरबाट संचालन भइरहेको छ ।
जिल्लामा ३ लाख ७३३ मतदाता रहेका छन् । जसमध्ये क्षेत्र नम्वर १ (क) मा ७७ हजार ९८९ (ख) ७२ हजार १६६ मतदाता र क्षेत्र नम्वर २ (क) मा ८३ हजार ०९९ र (ख) मा ६७ हजार ४ सय ७९ जना रहेका छन् ।


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट