Techie IT
Hetauda Khabar

मन्त्रालयकै निर्णय मान्दैनन् हेटौंडा अस्पतालका कर्मचारी, काज सरुवा भएकाको प्रशासनमा हालीमुहाली


हेटौंडा अस्पतालका प्रशासन प्रमुख चिन्ताहरि बास्तोलाको काज सरुवा भएपनि सम्बन्धित कार्यालयमा हाजिर नभई अस्पतालमै बसिरहेको पाइएको छ ।

गत बैशाख २ गते बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार बास्तोलालाई ३ गतेदेखि लागु हुनेगरी स्वास्थ्य निर्देशनालय बागमती प्रदेशमा खटाईएको थियो । प्रदेश निजामती सेवा ऐन २०७९ को दफा २८ को उपदफा २ बमोजिम ३ महिनाका लागि काजमा खटाएपनि उनि अस्पतालकै प्रशासनमा बसेका छन् ।

काजमा खटाईएका बास्तोलाले मन्त्रालयबाट प्राप्त काजको पत्र अस्पतालका मेसु श्रीधर अर्यालको टेबुलको घर्रामा लुकाएर विभिन्न निर्णय गर्ने र सम्बन्धित कार्यालयमा हाजिर नभई अस्पतालकै प्रशासनमै बसेर आफ्नै हस्ताक्षर् चलाउने गरेका छन् ।

प्रदेश निजामती सेवा ऐन २०७९ विपरित र मन्त्री स्तरीय निर्णयलाइ नै अटेर गर्दै बास्तोलाले अस्पतालको प्रशासन छोडेका छैनन् । उनले यसो गर्दा उनीमाथि शंका गर्ने ठाउँ रहने र अन्य कर्मचारीले पनि त्यहि सिको गर्दै प्रदेशको ऐन, कानुन नमान्ने प्रवित्ति बढ्ने अस्पतालकै कर्मचारीहरु बताउछन् ।

उता बास्तोला भने आफुले यस विषयमा पत्र प्राप्त नगरेको बताउछन् ‘म संघमा जान लागेको मान्छे उतै जान्छु, मन्त्रालयले भन्दैमा म जान्न, उनले भने उनले आफुलाई अस्पतालका मेसुले औपचारिक रुपमा काजको पत्र नदिएको बताए । तर मन्त्रालयले भने सोही दिन काजको पत्र दिएको थियो ।

उता अस्पतालका मेसु श्रीधर अर्याल भने यो विषयमा आफुलाई केही जानकारी नभएको बताउछन् । आफु बाहिर रहेकाले अस्पतालबारे उनलाई कुनै अपडेट नरहेको उनको भनाइ छ । जबकी मन्त्रालयले निर्णय गरे पश्चात तत्कालै पत्र पठाएको थियो उक्त पत्र मेसु कै केबुलको घर्रामा राखिएको छ ।

काजमा खटिएका व्यक्ति मन्त्रालयले खटाएको ठाउँमा नगएर, प्रदेशको ऐन कानुन विपरित काम गर्नु गैरकानुनि त छदै छ । काज सरुवा भएपछी विभिन्न निर्णय गर्दै आफ्नै हस्ताक्षर चलाउनु, मन्त्रालयले दिएको पत्रनै लुकाएर पत्र पाएको छैन भन्नुलगायतले उनिमाथि शंका गर्न मिल्ने ठाउँ स्थापित भएको जानकारहरु बताउछन् ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट