Techie IT
Hetauda Khabar

बागमती प्रदेशका मुख्यमन्त्री जम्मरकट्टेलले पाए विश्वासको मत


बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले विश्वासको मत पाएका छन्। आज प्रदेश सभाबाट उनले विश्वासको मत लिएका हुन्।

प्रदेश सभामा ११० जना सदस्य रहेकोमा मतदानमा १०८ जना सहभागी थिए।  मुख्यमन्त्री जम्मरकट्टेलका पक्षमा ५६ मत आएको छ।  बागमती प्रदेशका सभामुख भुवन पाठकले मुख्यमन्त्री जम्मरकट्टेलले विश्वासको मत पाएको प्रदेश सभा बैठकमा जानकारी गराएका छन्।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट