Techie IT
Hetauda Khabar

यथास्थितिमा समाजवादीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने


नेकपा (एकीकृत समाजवादी) ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेटलाई यथास्थितिमा विश्वासको मत नदिने भएको छ ।आइतबार बसेको बागमती प्रदेशसभा एकीकृत समाजवादी संसदीय दलको बैठकले जम्कट्टेललाई यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो ।

दलका नेता कृष्ण शर्मा खनालले सबै प्रदेशमा भागबन्डा नटुंगिएको र बागमती प्रदेश सरकारमा पनि समान सहभागिता हुने सुनिश्चितता नभइसकेको भन्दै विश्वासको मत नदिने पक्षमा आफूहरु उभिन बाध्य भएको बताए ।

माओवादी केन्द्र र एमालेले मिलेर गरेको सहमतीको साक्षी किनारामा बस्नुपर्छ भन्ने छैन, यसमा सहभागी हुनै पर्छ भन्ने हामी मान्दैनौं, समान सहभागिता नभएसम्म हामी विस्वासको मत दिदैनौं, खनालले भने ।

मुख्यमन्त्री जम्कट्टेलले सोमबार १ बजे प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ । उनलाई बहुमतका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्र २१, नेकपा (एस) ७, हाम्रो नेपाली पार्टीको २ मत छ । एकीकृत समाजवादीले मत नदिए जम्कट्टेललाई विश्वास मत पुग्दैन ।

कांग्रेस, राप्रपा, नेमकिपाले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट