Techie IT
  • २५ माघ २०८२, आईतबार
Hetauda Khabar
  • २५ माघ २०८२, आईतबार

वीरगन्जबाट लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ


वीरगन्ज, ६ फागुन । वीरगन्जबाट प्रहरीले लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर ) सहित चार जनालाई पक्राउ गरेको छ। वीरगन्जको दुई छुट्टा छुट्टै स्थानबाट प्रहरीले एक युवतीसहित चार जनालाई पक्राउ गरेको हो।

ADVERTISEMENT

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकस्थित सडकमा प्रहरी चौर्की इनर्वाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउँदै गरेका चितवनको भरतपुर महानगरपालिका–१७ निवासी २४ वर्षीय अमित गुरुङ र २४ वर्षीया सुनिता विकलाई १ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।

ADVERTISEMENT

यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित सडकमा प्रहरीले बा.९५ प २३०३ नम्बरको स्कुटी रोकेर चेकजाँच गर्दा त्यसमा सवार दुई युवकपनि खैरो हेरोइनसहित पक्राउ परेको थापाले बताए। पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका– ५ का २४ बर्षिय सेजल श्रेष्ठ र पर्साको जिराभवानी गाँउपालिका–२ का १९ बर्षिय विजय साह रहेका छन्।

उनीहरूको साथबाट पनि १ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। खैरो हेरोइनसहित पक्राउ परेका चारै जनाविरुद्ध लागू औषधसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको थापाले बताए।

ADVERTISEMENT


प्रकाशित मिति : मङ्लबार, २०८० चैत्र ६, १६ :४९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट