Techie IT
  • २७ माघ २०८२, मंगलबार
Hetauda Khabar
  • २७ माघ २०८२, मंगलबार

सहकारी ठगी प्रकरण : रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय समिति गठनको माग


काठमाडौं, ६ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनासम्बन्धमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको छ ।

ADVERTISEMENT

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री लामिछानेको संलग्नता नदेखिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ आएसँगै कांग्रेसले प्रमाण प्रशस्तै रहेको दाबी गर्दैैै छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको हो ।

ADVERTISEMENT

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले  सांसद तथा  मन्त्रीमाथि प्रश्न उठ्दा राजीनामा दिएर छानबिन गरिएको नेपाली संसदको इतिहास स्मरण गराउँदै सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्न समिति गठन गर्न माग गरेका हुन् ।
अन्यथा संसद अवरुद्ध भएमा सरकार दोषी रहने उनको चेतावनी छ ।

ADVERTISEMENT

प्रकाशित मिति : मङ्लबार, २०८० चैत्र ६, १६ :२९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट