Techie IT
Hetauda Khabar

हेटौंडाका इन्स्टिच्युटको गैरकानुनि धन्दा- पेन्टागन एकेडेमीले लिन्छ एसईई मुल्यांकन परिक्षा, लिंकेजले दिन्छ डिस्काउन्ट कुपन


हेटौंडाका इन्स्टिच्युटहरुले पछिल्लो समय कक्षा १० का विद्यार्थीलाई विद्यालयमै पुगेर प्रलोभनमा पार्ने गरेका छन् ।

आफ्ना भ्रामक प्रचार सामाग्री दिने, आफ्ना नामका कापी कलम उपहार दिने र विद्यालय संचालकको मिलेमतोमा एसईई पछी आफ्नै इन्स्टिच्युटमा पढ्नुपर्ने भनि निर्देशनसमेत दिने गरेका छन् ।

कतिपय इन्स्टिच्युटहरुले त विद्यालयमा गएर एसईई मुल्यांकन परिक्षा लिने र डिस्काउन्ट कुपन दिने गरेका छन् ।

हेटौंडा उपमहानगरपालिका-४ स्कुलरोडमा रहेको पेन्टागन एकेडेमीले हेटौंडाका विभिन्न विद्यालयमा पुगी विद्यार्थीलाई एसईई मुल्यांकन परिक्षा भनि प्रश्नपत्र बाढ्ने गरेको पाइएको छ । उक्त एकेडेमीका संचालकहरु कक्षा कोठामै पुगेर मुल्यांकन परिक्षा भन्दै विद्यार्थीलाई परिक्षा लिने गरेको पाइएको हो ।

त्यस्तै हेटौंडा -४ कै लिंकेज एकेडेमीले पनि विद्यालयमा पुगेर विद्यार्थीलाई उपहार बाढ्ने र डिस्काउन्ट कुपन दिएर प्रलोभनमा पार्ने गरेको छ ।

हेटौंडामा च्याउसरी रहेका विभिन्न भाषा शिक्षा, तयारी कक्षालगायत संचालन गर्ने इन्स्टिच्युटहरुले हेटौंडाका अधिकांस विद्यालयमा पुगी कक्षा १० का विद्यार्थीहरुलाई झुठो आस्वासन देखाएर प्रलोभनमा पारिरहेको छन् ।

बिगत १ महिनादेखि हरेकदिन छुट्टाछुट्टै सस्थाबाट उपहार बोकेर आउने र प्रलोभनमा पार्ने गरेको कक्षा १० का विद्यार्थीले गुनासो गरेका छन् ।

यस्ता गैरकानुनि काम गर्ने इन्स्टिच्युटलाई कारबाही गर्ने निकाय भने बेखबर छ ।

उता हेटौंडा उपमहानगरपालिकाले यस विषयमा कुनै चासो दिएको छैन । यहाँका इन्स्टिच्युट संचालकहरुले पढाइमानै असर पुग्ने गरी विद्यालयमा पसेर भ्रामक प्रचार गर्दासमेत थाहा नपाएझैँ गरेको छ । यस विषयमा तत्काल शिक्षा साखा संग समन्वय गरी अनुगमन गर्ने, यस्ता गतिविधि गर्ने उपर कारबाहीको सिफारिस गर्ने र सम्बन्धित विद्यालयलाई कारबाही गरिने बताएको हेटौंडा उपमहानगरपालिकाले कुनै काम भने गरेको छैन ।

यो पनि :-

कक्षा कोठामै पुगेर विद्यार्थी झुक्याउछन् हेटौंडाका इन्स्टिच्युट संचालक, भ्रामक प्रचार गर्नेलाई विद्यालयकै साथ्


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट