Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

सूर्य चिन्हमा स्वस्तिक छाप लगाएको मतपत्र बोकेको भारतीय गाडी नियन्त्रणमा


सूर्य चिन्हमा स्वस्तिक छाप लगाएको २ सय ६२ थान नमूना मतपत्र बोकेको भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

ADVERTISEMENT

साँझ ७ बजे बर्दिवास ३ स्थित गौरीडाँडाबाट स्वस्तिक छाप लगाएको मतपत्र बोकेको एच आर ३६ एस ५४७१ नम्बरको भारतीय गाडी नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए ।

ADVERTISEMENT

सूर्य चिन्हमा स्वस्तिक छाप लगाएको नमूना मतपत्र फेला परेपछि गाडी नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ । पत्राउ परेको गाडी इलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा रहेको प्रहरी प्रमुख पंगेनीले जानकारी दिए ।

मौन अवधिमा आचारसंहिता विपरीत चुनावी प्रचारका सामग्री लिएर हिँडेको गाडी र चालकसहित निर्वाचन कार्यालयमा कारबाहीका लागि सिफारिस गरिने एसपी पंगेनीले बताए ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०७९ मंसिर २, २२ :१९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट