Techie IT
  • १ चैत्र २०८२, आईतबार
Hetauda Khabar
  • १ चैत्र २०८२, आईतबार

युक्रेनविरुद्ध तत्कालै अरु आक्रमण आवश्यक छैनः पुटिन


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना नरहेको बताएका छन् । उनले क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नु नभएको पनि स्पष्ट पारे ।

ADVERTISEMENT

कजाकिस्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि पत्रकारहरूसँग उनले भने, ‘अहिले ठूलो आक्रमणको आवश्यकता छैन । अहिलेका लागि त्यहाँ अन्य कामहरू आवश्यक छन् ।’

ADVERTISEMENT

रूसले युक्रेनको राजधानी कीभलगायत सम्पूर्ण क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको केही दिनपछि उनले सो कुरा बताएका हुन् ।

फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएका पुटिनले मित्रराष्ट्रहरूबाट समेत अलगाव र आलोचनाको सामना गरिरहेका छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०७९ अशोज २८, २० :५६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट