Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

मकवानपुर गढीमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु


मकवानपुर गढी गाउँपालिकामा अटो दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

ADVERTISEMENT

बुधबार बिहान गढी-४ ज्वालादेवी स्थित भित्री सडक खण्डमा धादिङबजार तर्फबाट ज्वालादेबि तर्फ आउदै गरेको ना २ ह ५२६८नं. अटो अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

दुर्घटनामा गढी-४ बस्ने अन्दाजी ३५ बर्षिय सुमन भन्ने देबि बहादुर घिमिरे गम्भीर घाइते भई उपचारको लागी हेटौडा अस्पताल ल्याईएकोमा केही समयपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

शब पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० फाल्गुन ९, ११ :२६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट