Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

सात लाख पुगे वर्ल्डलिंकका ग्राहक


नेपालको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकका ग्राहक संख्या ७ लाख पुगेको छ।

ADVERTISEMENT

कम्पनीले मंगलबार ग्राहकको संख्या ७ लाख पुगेको बताएको हो।

ADVERTISEMENT

कम्पनीले उक्त स्थानमा पुग्न मद्दत गर्ने सबै ग्राहकलाई धन्यवाद समेत दिएको छ।

यो सँगै कम्पनीले ‘कनेक्टिङ एभ्रिवन, एभ्रिवेर, अल द टाइम’ नारा बोकेको अठोट पुरा भएको जनाएको छ।

ADVERTISEMENT

कम्पनीले देशको ७३वटै जिल्लामा आफ्नो सेवा विस्तार गरी कार्य सञ्चालन गरिरहेको छ भने यही वर्ष सेवा विस्तार गरी ७७ वटै जिल्लामा पुर्‍याउने लक्ष्य राखेको छ।

हालसम्म १४ हजार स्थानमा निःशुल्क सार्वजनिक वाइफाई उपलब्ध गराइरहेको कम्पनीको यो वर्षभित्र ३० हजार स्थानमा निःशुल्क वाइफाई उपलब्ध गराउने योजना छ।


प्रकाशित मिति : मङ्लबार, २०७९ कार्तिक २९, २२ :३४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट