Techie IT
Hetauda Khabar

हेटौंडामा देखिएको बाघ नियन्त्रणमा लिन सिडिओलाई राप्रपाको आग्रह


राष्ट्रिय प्रजातन्त्र पार्टीले हेटौंडाको जंगलमा देखिएको बाघ नियन्त्रणमा लिन र क्षति भएका किसानलाई क्षतिपुर्ति दिन प्रशासनलाई आग्रह गरेको छ ।

आज जिल्ला प्रशासन कार्यालयमा पुगेर राप्रपा बागमती प्रदेश कार्यसमिति सचिव गुन्जन बहादुर न्यौपानेले  मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई बाघ नियन्त्रणमा लिन र क्षतिपूर्ति दिन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन्न् ।

पत्रमा बाघको आक्रमणबाट पशु चौपाया मारिएको र किसानहरुलाई क्षति पुगेकाले क्षतिपुर्ति दिनुपर्ने र क्यामरा जडान गरिएको भनिएपनि बाघ अझै नियन्त्रणमा लिन नसकेकाले तुरुन्त नियन्त्रमा लिएर मानवीय क्षति हुनबाट रोक्न आग्रह गरिएको छ ।

बाघ,चितुवा नियन्त्रणमा लिन ढिला भैसकेको र निर्वाचन भन्दापनि नागरिकको सुरक्षा ठुलो भएकाले जिल्ला प्रशासनले ध्यान दिनुपर्ने राप्रपाले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

केहीदिन यता हेटौंडा उपमहानगरपालिका-१ मा पर्ने भैरवडाडा, लालझाडी क्षेत्रमा बाघ देखिएको छ केहीदिन अघि त्यहाँका स्थानीयको बाख्रा, बाच्छो बाघले खाएपछी स्थानीय त्रसित बनेका थिए । केहिदिन अगाडी बाघको पहिचान गर्न भन्दै केही क्यामरासमेत जंगलमा जडान गरिएको थियो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट