Techie IT
  • ७ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • ७ फागुन २०८२, बिहीबार

प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा हेटौंडामा प्रभातफेरि


हेटौंडा, २२ माघ । प्रेस चौतारी नेपाल स्थापनाको २६ औँ स्थापना दिवसको अवसरमा मकवानपुर शाखाले हेटौंडामा प्रभातफेरि कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।

ADVERTISEMENT

सोमबार बिहान हेटौंडाको सिमाचोकबाट सुरु भएको प्रभातफेरि कार्यक्रम बुद्धचोकमा पुगेर पुनः सिमाचोकमा आएर सभामा परिणत भएको थियो ।

ADVERTISEMENT

कार्यक्रमका अवसरमा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाईंले श्रमजीवी पत्रकारहरुको संस्था प्रेस चौतारीले पत्रकारहरुको हकहितका निम्ति धेरै राम्रा काम गरेको बताउनुभयो ।

पत्रकार महासंघमा हुँदा या नहुँदा पत्रकारको पक्षमा सधै प्रेस चौतारी एक कदम अगाडी रहेको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

तीन तहका पत्रकार महासंघमा प्रेस चौतारीको उपस्थिती थोरै मात्र रहँदा पनि पत्रकारका पक्षमा आफूहरु लडिरहेको हुमागाईंले बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, प्रेस चौतारी नेपाल बागमती प्रदेशका महासचिव प्रकाश दाहाल, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष धुर्ब अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी लगायतकाले स्थापना दिवसको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रकाशित मिति : सोमवार, २०८० माघ २२, ११ :२७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट