Techie IT
Hetauda Khabar

विकास र समृद्धिको गन्तव्यमा पुग्न एमाले अग्रसर छ – पौडेल


बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा एमाले देश विकास र समृद्धिको गन्तव्यमा पुग्न अग्रसर रहेको बताउनुभएको छ। नेकपा एमालेको कार्यभार समृद्ध नेपाल, सुखी नेपाली को जनआकाङ्क्षा सम्बोधन गर्नु रहेको भन्दै मङ्सिर ४ गते हुने निर्वाचनमा एमालेले जित्नुपर्ने उहाँको भनाइ छ । हेटौंडा १० मा आयोजित कार्यक्रममा बोल्दै उहाँले एमाले सरकारमा रहदा बिकास र समृद्धिको लागि एमालेले सदैव अथक प्रयास गर्दै आएको पौडेलले बताउनुभयो ।

नेकपा एमालेले घोषणामा मात्र परिवर्तन हैन जनताको जीवनमा समेत प्रभाव पार्नेगरी काम गर्ने उहाँको भनाई थियो । जनताले देखेका सपनालाई यथार्थतामा बदल्ने सङ्कल्प र प्रतिबद्धता एमालेले गरेको उहाँले जानकारी दिनुभयो । औद्योगिक क्षेत्रको बिकास गर्दै रोजगारीका लागि एमालेले उद्योग स्थापनामा जोड दिएको बताउनुभयो । मत पाउन जनताको मन जित्नुपर्ने पनि उहाँको भनाई छ । टोलटोलमा एमाले सरकारले गरेका कामहरुको परिणाम धमाधम देखिरहेको पौडेलले बताउनुभयो ।

हाल प्रदेशमा १८ जना मन्त्री गठबन्धन फकाउने उदेश्यबाट गठन गरिएको भन्दै गठबन्धनको भाग पुर्याउन जनताको करको दुरुपयोग भएको पौडेलले बताउनुभयो । यो निर्वाचनले देश बनाउने समृद्धि ल्याउने चुनाब भएकोले एमाले बाहेकको विकल्प जनताले नखोज्ने उहाँले धारणा राख्नुभयो ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट