Techie IT
Hetauda Khabar

त्रिविको मार्क सिट अनलाइनबाटै यसरी लिन सकिन्छ


त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले अनलाइनबाटै सबै सेवा प्रदान गर्ने गरी काम सुरु गरेको जनाएको छ । यहीँ माघ १५ गते देखि अनलाइनको माध्यमबाटै सेवा लिन सकिने गरी बल्खुले बुधवार एक सूचना जारी गरी सेवा लिने प्रक्रियाको बारेमा जानकारी गराएको छ ।

परीक्षा समयमै नहुने, भएका परीक्षाको पनि मार्क सिट र अन्य कागजात लिन विद्यार्थीले धेरै दुख पाउनु पर्ने गुनासो बढेपछि त्रिविले सहज रूपमा सेवा दिने जनाएको छ । तर प्राविधिक रूपमा कति प्रभावकारी हुने भन्नेमा विद्यार्थीहरू विस्वास्त हुन सकेका छैनन् ।

यस्तो छ अनलाइनबाट सेवा लिने प्रक्रिया :

१) tuexam.edu.np मा log in गर्ने ।

२) Certificate link मा click गर्ने ।

३) Sign up गरेपछि e-mail मा एउटा लिंक देखाउछ र उक्त लिंकमा click गर्ने ।

४) Registration slip upload गर्ने interface आउछ र यो अपलोड गर्ने । ( pdf, jpg image form को प्रयोग गर्न सकिने ।

५) त्यसपछि Transcript मा गएर आवश्यक सूचना भर्ने, त्यसै गरी अन्य सेवा आवश्यक भए सोही अनुसार माग गरिएको सेवामा click गरी माग भएको सूचना उपलब्ध गराउने र online मा उल्लेख गरिएको सूचना अनुसार फारम भर्ने र सोही अनुसार बैंकमा तोकिएको रकम जम्मा गरी अन्त्यमा submit गर्ने ।

६) Submit भए पछि सम्वन्धित शाखाबाट उक्त सूचनाको आधारमा सेवा प्रवाहको प्रकृया शुरु गर्नेछ र सबै प्रक्या मिलेको खण्डमा ट्रन्सकृष्ट प्रिन्टको प्रकृया मा जानेछ। प्रमाणिकरण गरी तयार भएको ट्रान्स्कृप्टको सूचना सेवा ग्राहीलाई पठाइने छ। यदी सूचना अपुर्ण भएमा वा गलत भएमा सो को जानकारी पनि सम्वन्धित विद्यार्थीलाई पठाइनेछ र आवश्यक प्रकृया पुरा गरी पुनः upload गरी पूर्ववत सेवा सुचारु भई कार्यान्वयनमा जानेछ ।

७) Online सेवाबाट सेवा सुविधा लिने विद्यार्थीहरुको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय मार्फत वितरण गरिनेछ ।

८) यो सेवा २०८० माघ १५ गते सोमवारका दिन विहान १०:०० बजे बाट संचालन हुनेछ र केही समयको लागि online र offline दुवै सेवाहरु संचालन हुनेछ र पूर्ण online संचालन वारे पुनः सूचना प्रकाशित गरिनेछ ।

९) नाम, थर आदि सच्चाउने प्रकृयाको लागि आवश्यक प्रमाणहरु आफुलाई पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा

नियन्त्रण कार्यालय वावल्खु स्थित केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ ।

१०) प्रमाणपत्रहरु संकलन गर्दा स्वयं वा इच्छाएको व्यक्ति मार्फत प्रमाण सहित आउनु पर्नेछ ।

११) यो प्रकृया संग सम्बन्धित केही समस्याहरु भएमा e-mail वा फोन नं. मार्फत सूचना आदान प्रदान गरिने भएकोले आ आफ्नो सम्पर्क नम्बर र mail address सोही अनुसार upload गर्नुपर्नेछ ।

१२) त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, वल्खु र सम्बन्धित क्षत्रीय परीक्षा नियन्त्रण कार्यालयहरु वाट यस सम्बन्धमा सम्पर्क गर्न सकिनेछ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट