Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

उदयपुर सिमेन्टका तत्कालीन जीएम सुरेन्द्र पौडेलसहित ८ विरुद्ध भ्रष्टाचार मुद्दा


उदयपुर सिमेन्ट उद्योगका पूर्व महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल सहित आठ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

ADVERTISEMENT

बुधबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए। महाप्रबन्धक हुँदा पौडेल सहित आठ जनाले ‘भेरिएबल फ्रिक्विन्सी ड्राइभ ९भीएफडी० खरीद गर्दा भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ।

ADVERTISEMENT

विना अध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत एकीन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामग्री खरीद गरेको पाइएको अख्तियारले जनाएको छ। सामान खरीद पश्चात गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको, खरीद गरिएको सामग्रीमध्ये १६० किलावाटको भीएफडी प्यानले पाँच वर्षसम्म पनि परीक्षण नगराएको अस्वाभाविक रुपमा बढी सामान खरीद गरेको पाइएको अख्यितारले जनाएको छ।

अख्यितारले तत्कालीन महाप्रबन्धक पौडेल सहित त्यतिवेलाका नायब महाप्रबन्धक नवल किशोर साहा, कायममुकायम उपनिर्देशक पवनकुमार लाल कर्ण, प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत डेमलाल खनाल, प्रबन्धक कमलराज पौडेल, निर्देशकद्वय ध्रुबबहादुर देवकोटा र महेशप्रसाद काफ्लेलाई विपक्षी बनाइएको छ।

ADVERTISEMENT

उनीहरूले २२ लाख ७८ हजार ३०५ रुपैयाँ उद्योगलाई क्षति गराएको जनाउँदै त्यही बराबरको बिगो दाबी गरी मुद्दा दर्ता गरिएको प्रवक्ता घिमिरेले बताए।


प्रकाशित मिति : बुधबार, २०८० माघ १०, १५ :५७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट