Techie IT
Hetauda Khabar

रेशम चौधरी बने नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष


नागरिक उन्मुक्ति पार्टी (नाउपा)को पहिलो महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाल चौधरीलाई सर्वसम्मत चयन गरेको छ ।

यसअघि पार्टीको संरक्षक रहेका चौधरीलाई टीकापुरमा भएको पहिलो महाधिवेशनले सर्वसम्मत चयन गरेको हो ।

पार्टी अध्यक्षमा यसअघि उनकी धर्मपत्नी तथा भूमि व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठ रहेकी थिइन् ।

महाधिवेशनले पार्टीको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डितलाई चयन गरेको छ । पुस २६ गतेदेखि टीकापुरमा जारी महाधिवेशनमा देशभरबाट ८ हजार प्रतिनिधि टीकापुर आएका छन् ।

पार्टीका अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गर्न लागि छलफल भइरहेको जनाइएको छ ।

नागरिक उन्मुक्तिको केन्द्रीय समिति पाँच सय एक सदस्यीय हुनेमा महाधिवेशनबाट ३३ पदाधिकारीसहित २ सय ५४ जना चयन गरिनेछ ।

पार्टीका सबै पदाधिकारी तथा सदस्य निर्विरोध चयनका लागि छलफल जारी रहेको र महाधिवेशन शनिबारसम्म चल्ने केन्द्रीय सदस्य लालवीर चौधरीले जानकारी दिए ।


क्याटेगोरी : मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट