Techie IT
Hetauda Khabar

रामबहादुर बम्जनलाई आज सर्लाही जिल्ला अदालतमा पेस गरिँदै


रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई प्रहरीले सर्लाही ल्याएको छ । बमजनलाई आज नै सर्लाही जिल्ला अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।

विभिन्न जिल्लामा आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बम्जनलाई बुधबार राति कडा सुरक्षाका बीच सडकमार्ग हुँदै सर्लाही ल्याइएको हो । बम्जनलाई विमानमार्फत यहाँ ल्याउने तयारी गरिए पनि मौसम प्रतिकूल रहेकाले विमान आउनेरनआउने अनिश्चित भएपछि राति नै सडकमार्ग भएर यहाँ ल्याइएको हो ।

उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।

लामो समयदेखि फरार रहेका बम्जनलाई मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी०को टोलीले पक्राउ गरेको थियो । बम्जनविरुद्ध २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बम्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । प्रहरीले बम्जन फरार रहेको भनी मुद्दा चलाएको र उनलाई अदालतमा हाजिर गराएपछि इजलाससमक्ष प्रस्तुत गरिने श्रेस्तेदार अधिकारीले बताएका हुन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट