Techie IT
Hetauda Khabar

जलवायु न्यायका लागि हेटौंडामा साइकल -याली


जलवायु न्यायका लागि हेटौंडामा साइकल -याली सम्पन्न भएको छ । सोमबार बिहान हेटौडा उपमहानगरपालीकाका मेयर मिनाकुमारी लामाले कार्यक्रमको उद्घाटन गरेकी हुन ।

कार्यक्रमको उदघाटन गर्दै मेयर लामाले जलवायु परिवर्तन आजको मुख्य समस्याको रुपमा रहेको र त्यसको न्युनीकरणका लागि सबै मिलेर काम गर्नु पर्ने बताइन् । वातावरण संरक्षण र जलवायु परिवर्तन सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्नुपर्ने र त्यसमा उपमहानागरपालिका सहकार्य गर्न तयार रहेको उनले बताइन् ।

जलवायु परिवर्तनका विषयहरुमा छलफलका लागि यस वर्ष इजिप्टमा आयोजना हुने २७ औं अन्तराष्ट्रिय जलवायु सम्मेलनको पुर्व सन्ध्यामा हेटौंडामा ‘साइकल -याली आयोजना गरिएको हो । दिगो विकास इन्स्टिच्युटको आयोजनामा भएको ‘साईकल यात्रा’मा हिमालयन राईडर्स सोसाईटी संग आबद्ध सय जना साइकल यात्रीहरुको सहभागिता रहेको थियो ।

‘जलवायु न्यायका लागि साइकल यात्रा’ भन्ने नारासहित भएको -याली हेटौंडाको हुप्रा चौरबाट सुरु भई बजार परिक्रमा गरेको दिगो विकास इन्स्टिच्युटकी मकवानपुर प्रतिनिधि प्रसन्नता लामिछानेले बताईन ।

जलवायु परिर्वतनका प्रकोपसंग जुध्नु परेका राष्ट्रहरुको ऐक्यबद्धता स्वरुप नेपालका हेटौंडा, बिराटनगर, पोखरा, काठमाडौं, धुलिखेल, भैरहवा र धनगढीसहित देशका ७ वटा शहरमा एकै पटक साइकल र्याली आयोजना भएको उनले बताइन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट