Techie IT
Hetauda Khabar

माओवादीले ६ जना उम्मेदवार टुंगो लगायो, कुन प्रदेशमा को ?


नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यका उम्मेदवारहरु टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले ६ जनाको नाम तय गरेको हो ।

माओवादी प्रवक्ता अग्नि सापकोटाका अनुसार पार्टीबाट मोटामोटी नाम टुंगो लागेको छ । अब गठबन्धनको बैठकमा छलफल भएपछि अन्तिम टुंगो लाग्छ । उनका अनुसार कोशीबाट चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डाकीमा मनरुपा शर्मा, लम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्द उम्मेदवार हुनेछन् ।

सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार राष्ट्रियसभामा चुनावबाट चयन हुने १९ मध्ये ६ सिट माओवादीले पाएको छ । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि २३ पुसमा मनोनयन दर्ताको कार्यतालिका छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट