Techie IT
Hetauda Khabar

सत्ता गठबन्धनमा भागबन्डा टुंगियो, बागमती प्रदेशमा कुन दलको कति उम्मेदवार ?


सत्तारूढ गठबन्धनमा रहेका दलहरूले राष्ट्रिय सभाको निर्वाचनमा संयुक्त उम्मेदवार उठाउने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धनमा रहेका दलहरूको बैठकले संयुक्त उम्मेदवारी दिने निर्णय गरेको नेपाली कांग्रेस नेता रमेश लेखकले बताए। “सरकारमा सहभागी र सरकारलाई समर्थन गरिरहेका सबै दलले संयुक्त उम्मेदवारी दिने निर्णय भएको छ,” नेता लेखकले भने।

गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनमा सीट पनि बाँडफाँड गरेको छ। नेता लेखकका अनुसार कांग्रेसलाई १०, नेकपा (माओवादी केन्द्र)लाई ६, नेकपा (एकीकृत समाजवादी)लाई दुई र जनता समाजवादी पार्टी (जसपा)लाई एक सीट दिने सहमति भएको छ।

बैठकपछि नेता लेखकले भने, “सीट बाँडफाँडमा सहमति भइसकेको छ, अब आआफ्नो दलमा छलफल गरेर क्लस्टर टुंगो लगाउँछौं।” केही सीटमा क्लस्टर पनि टुंगो लागेको उनको भनाइ थियो।

कांग्रेसले कोशी प्रदेशमा १, मधेसमा १, बागमतीमा २, गण्डकीमा २ र सुदूरपश्चिममा २ सिट पाउने भएको छ । यस्तै कर्णाली र लुम्बिनीमा कांग्रेसले थप १–१ सिट पाउने सहमति भएको छ ।

यस्तै माओवादी केन्द्रले कोशीमा १, बागमतीमा १, गण्डकीमा १, लुम्बिनीमा १, कर्णालीमा १ र सुदूरपश्चिममा १ सिट पाउने सहमति भएको छ ।

यस्तै एकीकृत समाजवादी बागमती र कर्णालीमा १–१ सिट पाएको छ ।

आउँदो माघ ११ गते राष्ट्रिय सभाका १९ सीटका लागि निर्वाचन हुँदै छ। त्यसका लागि सोमबार उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।


क्याटेगोरी : मुख्य खबर, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट