Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

बिपी कांग्रेसका उम्मेदवार तितुङले बानियाँलाई सहयोग गर्ने


मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार पदमबहादुर तितुङले आफ्नो उम्मेदवारी निस्कृय गरेका छन् ।

ADVERTISEMENT

बिपी कांग्रेसका उम्मेदवार तितुङले आफ्नो उम्मेदवारी निस्कृय गर्दै लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बानियाँलाई समर्थन गरेका हुन् ।आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले राजनीतिक रुपमा आफ्नो उम्मेदवारी फिर्ता लिंदै बानियाँलाई समर्थन गरेको बताए ।

ADVERTISEMENT

पार्टी संचालनका क्रममा भएका केही कमजोरीका कारण चित्त दुखेर आफुले उम्मेदवारी दिएपनि आफ्नो उम्मेदवारीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी सिद्धान्त जस्ता उपलव्धी गुम्न सक्ने र अहिलेको व्यवस्था मास्नेहरुलाई नै बल पुग्ने खतरा देखेपछि उम्मेदवारी स्थगन गरेको बताए ।

उनले नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामासहितका जिल्ला र प्रदेशका नेता कार्यकर्ताहरुको आग्रहलाई स्वीकारेको बताएका छन् ।

ADVERTISEMENT

उनले गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बानियाँलाई विजयी गराउने आफ्नो अबको अभियान रहेको र यसमै आवद्ध भई अघि बढ्न म आफ्ना समर्थकलाई अपिल समेत गरेका छन् ।

पत्रकार सम्मेलनमा बानियाँले तितुङ त्यस क्षेत्रकै अगुवा कार्यकर्ता भएको र उनको समर्थन र साथले त्यस क्षेत्रका विकास चाहने जनता र नेपाली कांग्रेस उत्साहित भएको बताए ।


प्रकाशित मिति : आइतवार, २०७९ कार्तिक २०, १६ :१७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट