Techie IT
Hetauda Khabar

तनहुँमा बस दुर्घटना हुदाँ दुई जनाको मृत्यु, ३४ जना घाइते


पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ३४ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनकुटाको साँघुरी गढी बस्ने वर्ष ४५ को हस्त राई रहेको र एकजनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको दमौलीस्थित रत्न हरी अस्पतालमा २२ जना र दमौली अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये रञ्जित परियारको थप उपचारको लागि पोखरा रिफर गरिसकिएको छ । दुर्घटनामा घाइते हुनेहरुको विवरण सङ्कलन भइरहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट