Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

वर्ल्डलिङ्क र लोकस सँगको सहकार्यमा इन्टरनेट साक्षरता


नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले पुल्चोक इन्जिनियरिङ कलेजको लोकस टोलीसँगको सहकार्यमा मधेस प्रदेशका विभिन्न जिल्लामा वर्ल्डलिङ्क इन्टरनेट एकेडेमी (WIA) सत्र आयोजना गरेको छ ।

ADVERTISEMENT

सप्तरी जिल्लाको ह्याप्पील्याण्ड उच्च मावि, दुर्गा मावि, पब्लिक बिन्देश्वरी स्कुल, शिव इन्टरनेशनल बोर्डिङ स्कुलमा सत्र आयोजना गरिएको थियो ।
महोत्तरी जिल्लाको दामोदर एकेडेमी सँगै धनुषा जिल्लाको धनुषा पब्लिक स्कुल, न्यू भिजन सेकेण्डरी स्कुल, प्यारागन पब्लिक स्कुल, श्री गोगल प्रसाद मोडेल सेकेण्डरी स्कूल, श्री गंगा प्रसाद उच्च माविमा पनि सत्र सम्पन्न भएको छ ।

ADVERTISEMENT

सत्रको लक्षित समूह कक्षा ८ देखि १० सम्मका विद्यार्थी थिए । डिजिटल साक्षरता, डिजिटल प्लेटफर्महरूसँग परिचितता, इन्टरनेटका आधारभूत कुराहरू बुझ्ने, सफ्टवेयर र हार्डवेयर आवश्यक कुराहरूको बुझाइका साथै ढिलो ब्राउजिङ समस्याहरू र इन्टरनेट समस्याहरूको आधारभूत समस्या निवारण गर्ने उद्देश्यका साथ सत्रको आयोजना गरिएको थियो।

वर्ल्डलिङ्कको कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त सत्र सम्पन्न भएको हो । यस सत्रबाट करिब एक हजार विद्यार्थी लाभान्वित भएका छन् ।

ADVERTISEMENT

वर्ल्डलिङ्कका अनुसार आगामी दिनमा प्रदेशका हरेक जिल्लामा यस्ता सत्रहरु आयोजना गरिनेछ ।


प्रकाशित मिति : बुधबार, २०८० मंसिर १३, १० :३१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट