Techie IT
  • १० फागुन २०८२, आईतबार
Hetauda Khabar
  • १० फागुन २०८२, आईतबार

ईपीएस कोरियामार्फत सीप बिल्डिङको लागि ४ हजार जना उत्तीर्ण


कोरियामा पानीजहाज निर्माण क्षेत्रका लागि लिएको भाषा परीक्षामा ४ हजार ९८ जना उत्तीर्ण भएका छन् । ईपीएस कोरिया शाखाले सोमबार भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

ADVERTISEMENT

१ असोज २०८० देखि ७ कात्तिक २०८० सम्म लिइएको पहिलो चरणको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको हो । जसमा ३ हजार ९०१ पुरुष र १९७ जना महिलाले भाषा परीक्षा उत्तिर्ण गरेका छन् । यो कुल भाषा परीक्षा दिएकाको १२.६ प्रतिशत हो ।

ADVERTISEMENT

यस वर्ष कुल ३२ हजार ५०७ जनाले भाषा परीक्षा दिएका थिए । परीक्षा फारम भर्ने भने ३५ हजार ४७८ जना थिए । २ हजार ९७१ जना भने अनुपस्थित भएका थिए ।

ईपीएस कोरिया शाखाका अनुसार पहिलो चरणको कोरियन भाषा परीक्षा पास भएका परीक्षार्थीहरुको दोस्रो चरणको स्किल टेस्ट तथा कम्पिटेन्सी टेस्टको परीक्षा हुने छ ।यस परीक्षामा पास भएका उम्मेदवारको मात्र अन्तिम नामावली प्रकाशन हुने शाखाले जनाएको छ ।

ADVERTISEMENT

कोरियाले पहिलो पटक पानीजहाज निर्माण कम्पनीका लागि ठूलो संख्यामा नेपाली कामदार लैजान लागेको हो ।


प्रकाशित मिति : मङ्लबार, २०८० मंसिर १२, ११ :५२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट