Techie IT
  • ६ फागुन २०८२, बुधबार
Hetauda Khabar
  • ६ फागुन २०८२, बुधबार

कोशी सरकारबाट बाहिरियो एमाले, मन्त्री रानाले दिए राजिनामा


कोसी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीसमक्ष एमालेबाट मन्त्री बनेका राम रानाले राजीनामा बुझाएका हुन् ।

ADVERTISEMENT

कोसी प्रदेश सरकारका प्रवक्ता शमशेर राईले एमाले सरकारबाट बाहिरिएको पुष्टि गरे । “यहाँको सरकारबाट एमाले बाहिरिएको छ । मन्त्री राम रानाले राजीनामा बुझाउनुभयो,” उनले भने ।

ADVERTISEMENT

शुक्रबार मात्र कोसी प्रदेशमा केदार कार्कीको नेतृत्वमा रहेको सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी भएका छन् । नेकपा माओवादीले गणेश उप्रेती र नेकपा एसका कमलप्रसाद जवेगूलाई सरकारमा सहभागी गराइएको हो । सोही कारण एमाले सरकराबाट बाहिरिएको स्रोतको भनाइ छ ।

प्रवक्ता राईका अनुसार कर्णालीमा राहतलगायत अन्य विभिन्न विषयमा छलफल गर्न दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०८० कार्तिक १८, १२ :२२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट