Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

नेपाल विश्वकप क्रिकेटमा छनोट भएको खुसियालीमा हेटौंडामा दिपावली


नेपाल टी–ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएको खुसियालीमा हेटौंडामा दिपावली गरिएको छ । विश्वकपको एसिया छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल आउँदो बर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी ट्वान्टी विश्वकपका लागि छनोट भएको छ ।

ADVERTISEMENT

जितको खुसियालीमा हेटौंडाको बुद्धचोकमा मकवानपुर क्रिकेट संघले खुसियाली मनाउदै दीप प्रज्ज्वलन गरेको हो । संघले बुद्धचोकमा दिपावली गर्दै राष्ट्रिय खेलाडी, कोचलगायतलाई बधाई तथा धन्यवाद ज्ञापन गरेको थियो ।

ADVERTISEMENT

नेपालले यसअघि सन् २०१४ मा भएको टी ट्वान्टी विश्वकप खेलेकाे थियो ।

जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ । नेपालले अब आइतबार हुने फाइनलमा ओमानसँग उपाधिका लागि भिडन्त गर्नेछ ।

ADVERTISEMENT

तस्विर- निरज सिंह ठकुरी 

 


प्रकाशित मिति : शुक्रबार, २०८० कार्तिक १७, १८ :५१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट