हेटौंडामा प्लास्टिकको पेस्तोल देखाएर धम्क्याउने एकजना पक्राउ
हेटौंडामा नक्कली पेस्तोल देखाएर धम्क्याउने एकजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्लास्टिकको पेस्तोल देखाई धम्क्याउने हेटौंडा उपमहानगरपालिका – १५ शिखरपानी बस्ने अन्दाजी १९ वर्षीय साजन स्याङतानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनले सोही स्थानमा प्लास्टिकको पेस्तोल देखाई धम्क्याउने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली गई नक्कली पेस्तोल सहित नियन्त्रणमा लिएको र निजलाई सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, २०८० कार्तिक १७, १८ :३० बजे




















प्रतिक्रिया