Techie IT
Hetauda Khabar

मकवानपुरमा तीन महिनामा ४ हजार ८ सय बढिले लिए राहदानी


हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि असोज महिनासम्म ४ हजार ८ सय ४७ जनाको राहदानी सिफारिस गरेको छ ।

प्रशासन कार्यालयबाट तीन महिनामा मकवानपुरमा २ हजार ५ सय ३६ जनाले नयाँ नागरिकता प्राप्त गरेका छन् । जसमा ११ सय ६० जना पुरुष र १३ सय ७६ जना महिला रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

सोही अवधिमा २५ सय थान नागरिकताको प्रतिलिपि वितरण गरिएको छ । कार्यालयले जारी गरेको तथ्याङ्क अनुसार राष्ट्रिय परिचयपत्रका लागि ५ हजार ९ सय ५४ जनाको विवरण सङ्कलन भएका छ । त्यस्तै कार्यालयबाट १६० वटा नाबालक परिचयपत्रसमेत जारी भएको छ ।

कार्यालयले उक्त अवधिमा २ करोड ६५ लाख ८७ हजार २५० रुपैयाँ राजस्व सङ्कलन भएको जनाएको छ । त्यस्तै बैदेशिक रोजगारी क्षतिपूर्ति वापत एक जनालाई ८८ हजार ७ सय ९० रुपैयाँ उपलब्ध गराएको छ भने विपत राहत वापत १० जनालाई ८ लाख प्रदान गरेको छ । त्यस्तै सवारी दुर्घटनामा पिडित ५ जनालाई २३ लाख प्रदान गरेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट