Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

पत्रकार महासंघ बागमती प्रदेश कार्यालयमा प्रेस चौतारीको ताला


प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले हेटौंडास्थित नेपाल पत्रकार महासंघ बागमती प्रदेशको कार्यालयमा तालाबन्दी गरेको छ ।

ADVERTISEMENT

चौतारी बागमतीले महासंघको पत्रकार शुद्धीकरणको विषयमा गम्भीर असन्तुष्टी जनाउँदै शनिबार हेटौंडास्थित महासंघको प्रदेश कार्यालयमा तालाबन्दी गरेको हो ।

ADVERTISEMENT

महासंघको केन्द्रीय समितिअन्तर्गतको सदस्यता शुद्धीकरण समितिले प्रदेश समितिबाट प्राप्त सिफारिस भनी शुक्रबार पत्रकारहरूको नामावली प्रकाशन गरेको थियो ।

महासंघमा नेतृत्वमा रहनेहरु र पदाधिकारीहरुले आफ्नो संगठन निकट निष्कृय पत्रकारहरुको सदस्यता नवीकरण गरेको तर चौतारीमा आस्था राख्ने क्रियाशील पत्रकारहरुको सदस्यता नवीकरण नगर्ने गरी प्रदेशबाट सिफारिस भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको चौतारीले जनाएको छ ।

ADVERTISEMENT

तालाबन्दी पछि एक प्रेस विज्ञप्ति जारी गर्दै चौतारी बागमतीका कार्यवाहक अध्यक्ष राधेश्याम खतिवडाले महासंघबाट जारी भएको १५बुँदै मापदण्ड पूर्ण पालना नभएसम्म ताला नखुल्ने जनाएका छन् ।

‘प्रेस चौतारी नेपालको सदस्य भएकै कारण क्रियाशील पत्रकारलाई नयाँ सदस्यता नदिने र सदस्यता नवीकरण नगर्ने महासंघ प्रदेश समितिका नेतृत्वले राजनीतिक आस्थाका आधारमा खल्तीका व्यक्तिलाई नयाँ सदस्यता पनि दिने, निष्कृय पत्रकारहरुको नवीकरण पनि गर्ने गरी रचिएको षडयन्त्र प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीलाई कुनै हालतमा स्वीकार्य छैन् । सिफारिस भएका नामावलीको सम्बन्धमा पुर्नविचार नभए सशक्त प्रतिकारमा उत्रनुको विकल्प नहुने जानकारी गराउँदै अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ । महासंघबाट जारी भएको १५ बुँदै मापदण्ड पूर्ण पालना नभएसम्म ताला नखुल्ने जानकारी गराउँदछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

कार्यवाहक अध्यक्ष खतिवडाले प्रदेश समितिले मनोगत रुपमा गरेको सिफारिस कार्यान्वयन नगर्न पत्रकार महासंघको केन्द्रीय समितिको ध्यानाकर्षण समेत गराएका छन् ।


प्रकाशित मिति : आइतवार, २०८० अशोज २८, १२ :५६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट