Techie IT
Hetauda Khabar

एमाले सुदूरपश्चिमको अध्यक्षमा जैसी


नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । अछामका कृष्णप्रसाद जैसी अध्यक्षमा सर्वसम्मत भएका छन् ।अध्यक्षमा चार जनाको उम्मेदवारी परेको थियो। अध्यक्षमा मनोनयन दर्ता गरेका वचनबहादुर सिंह, कमल तिमिल्सिना र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैसी सर्वसम्मत बनेका हुन्।

त्यसैगरी बाजुराका कालीबहादुर शाही उपाध्यक्ष, कैलालीका रणबहादुर चन्द सचिव, रावल पक्षका नरबहादुर विक उपसचिव र महिला उपसचिव भागिरथी विष्ट भएका छन् ।

अध्यक्ष केपी ओलीनिकट नेताहरूबिचै बुधबार नयाँ नेतृत्वका लागि भागवण्डा भएको थियो । कर्णबहादुर थापा पक्षलाई अध्यक्ष र दामोदर भण्डारी तथा लालबहादुर थापा पक्षलाई उपाध्यक्ष सचिव दिने निर्णय गरेको थियो ।

एमालेको १५९ सदस्यीय प्रदेश कमिटी नै सर्वसम्मत भएको निर्वाचन कमिटीले जनाएको छ। प्रदेश सदस्यको विवरण रुजु गर्ने प्रक्रियामा रहेको जनाइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट