Techie IT
Hetauda Khabar

वर्ल्डलिङ्कका ग्राहकलाई सामसङ र खल्तीको विशेष अफर


इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कका ग्राहकले सामसङ ब्रान्डका विद्युतीय सामग्री खरिदमा विशेष छुट पाउने भएका छन् । चाडपर्वलाई लक्षित गरी सामसङले वर्ल्डलिङ्कसँगको सहकार्यमा यस्तो अफर सार्वजनिक गरेको हो ।

अफर अन्तर्गत वर्ल्डलिङ्कका ग्राहकलाई सामसङ उत्पादनमा साढे १५ हजारसम्मको छुट प्रदान गरिनेछ । जसअनुसार सबैभन्दा धेरै अर्थात् १५ हजार ५०० रुपैयाँको छुट आठ केजी क्षमताको सामसङ फ्रन्ट लोड इको बबल वासिङ मसिन खरिदमा पाउन सकिनेछ ।

८८ हजार रुपैयाँ बजार मूल्य रहेको उक्त वासिङ मसिन वर्ल्डलिङ्कका ग्राहकलाई ७५ हजार ५०० रुपैयाँमै उपलब्ध हुने बताइएको छ ।

त्यस्तै ५५ इन्चको सामसङ फोरके यूएचडी टेलिभिजनमा १३ हजार ९१ रुपैयाँको छुटपश्चात ८३ हजार ५०० रुपैयाँमा पाउन सकिनेछ, जसको बजार मूल्य ९६ हजार ५९१ रुपैयाँ रहेको छ ।

यसैगरी ६६ हजार ५०० रुपैयाँ पर्ने ४३ इन्चको सामसङ फोरके यूएचडी टेलिभिजनमा आठ हजार रुपैयाँ छुट पाउन सकिनेछ ।

यसबाहेक ३७ हजार ८०० बजार मूल्य रहेको २३० लिटर क्षमताको सामसङ सिङ्गल डोर रेफ्रिजेरेटरमा छ हजार ३०० रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।

मोबाइलतर्फ ३१ हजार ९९९ रुपैयाँको ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भएको सामसङ ए२४ एलटीई स्मार्टफोन तीन हजार ९९९ रुपैयाँ छुट अर्थात् २८ हजार रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

छुट लिन के गर्ने ? 

यो छुट सुविधाका लागि वर्ल्डलिङ्ककाे नजिकैकाे काउन्टरमा गएर अथवा अनलाइनबाट तीन वा १२ महिनाको इन्टरनेट प्याकेज खरिद तथा रिन्यु गर्नुपर्नेछ । त्यसपछि वर्ल्डलिङ्कका काउन्टरबाट आफूले छुट प्राप्त गर्न चाहेको सामसङ उत्पादनको भौचर प्राप्त गर्न सकिनेछ । उक्त भौचर सामसङका कुनै पनि आधिकारिक स्टोरमा गएर देखाउँदा अफर अन्तर्गतको छुट सुविधा मिल्ने जनाइएको छ ।

यसअघि २६ सेप्टेम्बरमा डिजिटल वालेट खल्तीले वर्ल्डलिङ्कका ग्राहकहरुका लागि दुबई घुम्ने अफर ल्याएको थियो । यसअन्तर्गत वर्ल्डलिङ्कको इन्टरनेट बिलको भुक्तानी खल्तीबाट गर्नेमध्ये २४ ग्राहकको जोडीलाई ‘दुबई भ्रमण’ को अफर दिइएको छ ।


क्याटेगोरी : समाचार, सुचना-प्रविधि

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट