Techie IT
Hetauda Khabar

नवोदय शिशु सदनमा `पुस्तक परिचर्चा´ कार्यक्रम


हेटौंडा–४ मा रहेको नवोदय शिशु सदनले कक्षा २ का विद्यार्थीहरुको ‘बुक टक’ (पुस्तक चर्चा) तथा ब्याच वितरण कार्यक्रम गरेको छ । सोमबार आयोजित कार्यक्रममा एक दर्जन विद्यार्थीले आफूले अध्ययन गरेको किताबको बारेमा आफ्ना साथीहरु र अभिभावकमाझ प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा नृत्य प्रदर्शनीसमेत गरिएको थियो । कक्षा २ का शिक्षक सम्झना थापाका अनुसार तह ३ मा पुगी व्याच लगाउन विद्यार्थीले २५० वटा पुस्तक अध्ययन गर्नुपर्ने छ ।

कक्षा २ की छात्रा अनुष्मा रिमालको अध्यक्षताको भएको कार्यक्रममा साहित्यकार तथा पत्रकार केशव समर्पणको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा साहित्यकार हरिप्रसाद पौड्यालको विशिष्ट आतिथ्यता रहेको थियो ।

विद्यार्थीहरुको पठन संस्कृतिको विकासका लागि उनीहरुले २५० वटा पुस्तक पढेर त्यसको भिडियो गुगलमा राखेपछी तह ३ मा पुग्छन् । त्यसपछि १०० वटा पुस्तकको समीक्षा गरेपछि बल्ल पुस्तक परिचर्चा कार्यक्रममा सहभागी हुने नेपाली भाषा विभाग प्रमुख तथा माध्यमिक तहका संयोजक सिएम रिमालले बताए ।

विद्यार्थीले अध्ययन गरेको विषयलाई सिर्जनात्मक ढङ्गले प्रस्तुत गर्ने क्षमताको विकास गराउन कार्यक्रमको आयोजना गरिएको र विद्यालयले यस्ता कार्यक्रम हरेक महिना आयोजना गर्ने  रिमालले बताए ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट